सुर्खेत । पार्टीको ह्वीप विपरित ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकारलाई जोगाउन लागेका कर्णालीका चारजना सांसदको पद औपचारिक रुपमा गएको छ । एमालेको निर्देशन विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत उनीहरुले दिएका थिए । सांसद पद जानेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । प्रकाश ज्वाला बाहेक अन्य तीन जनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरिसकेका छन् । यसअघि आईतब