काठमाडौं । कोरोना भाइरस महामारीको दोस्रो लहरपछि नेपाली बक्स अफिस चलायमान देखिए पनि घरेलु फिल्मको लागि कमाइको हिसाबले लाभदायक रहेन । यसबीच फिल्मको दृश्यभाषा पनि सकसपूर्ण रह्यो । लप्पनछप्पन २, ए मेरो हजुर ४, मन्त्र जस्ता स्टारका फिल्मले अपेक्षित व्यापार गर्न सकेनन् । कम बजेटका फिल्मलाई त पहिलो सप्ताहन्त पनि हलमा टिक्नै मुस्किल बन्यो । […]