सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन घोषणा भएका कारण वैशाखको अन्तिममा आउने तरखरमा रहेका केही फिल्मले आफ्नो रिलिज मिति परिवर्तन गरेका छन् ।वैशाखको तेस्रो साता अर्थात वैशाख २३ गते प्रदर्शनमा आउने फिल्म ‘लक्का जवान’ भने नसर्ने भएको छ । कलाकार तथा निर्देशक शिवहरि पौडेलले निर्वाचन भएपनि आफ्नो फिल्म नसर्ने बताए ।‘हामीले फिल्म बनाएको दुई वर्ष भइसकेको छ । कति फिल्म रिलिज हुँदैन मात्र भन्नु,’ निर्देशक पौडेलले रातोपाटीसँग भने, ‘निर्व