वैशाख २३ मा शिवहरिको 'लक्का जवान'

काठमाडौं : शिवहरि पौडेल (मुखमा हानूँ जस्ताे)को निर्देशनमा बनेको फिल्म 'लक्का जवान' को प्रदर्शन मिति सार्वजनिक भएको छ। कोरोनाका कारण तोकिएको मितिमा प्रदर्शन हुन नसकेको फिल्म आउँदो वैशाख २३ मा प्रदर्शन हुने भएको हो। यसअघि २०७६ चैत २१ लाई फिल्मको प्रदर्शन मिति तोकिएको थियो। सोमबार वितरकसँग छलफल भएपछि फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको हो। 'लक्का जवान' शिवहरिको निर्देशनमा बनेको पहिलो फिल्म हो। जिरे खुर्सानी टेलिसिरियलको निर्देशन तथा अभिनयबाट चर्चित शिवहरिले &