नेकपा एमालेले अधिकांश स्थानीय तहमा पुरानै अनुहारलाई दोहोर्याएको भन्दै पार्टी कार्यकर्तामा असन्तुष्टि बढेको छ । केही स्थान बाहेक धेरै स्थानीय तहमा एमालेले पुराना अनुहारलाई दोहोर्याएको र त्यसबाट मतदातामा जान असजिलो भएको भन्दै कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।