काठमाडौं : स्थानीय तहको चुनावका लागि मनोनयनको अन्तिम दिन आज (सोमबार) साँझसम्ममा ५० हजारभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार देशभरिका ७ सय ५३ स्थानीय तहका विभिन्न पदका लागि बेलुकी ६ बजेसम्म ५४ हजार १ सय ५० जनाको उम्मेदवारी परेको छ। मनोनयनको दर्ता हुने क्रम जारी छ।आयोगले साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको भएपनि उक्त समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेका उम्मेदवारले मनोनयन दर्ता गराउन पाउने आयोगले जनाएको