धनकुटा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ।जिल्लाभर एमालेले एक्लै उम्मेदवारी दिएको छ भने सत्ता साझेदार गठबन्धनमा कतै साझा उम्मेदवारी परेको छ भने कतै एकल उम्मेदवारी परेको छ।स्थानीय तह भागबण्डामा कुरो नमिलेपछि गठबन्धनमा आबद्ध दलहरूबीच कतै एकल उम्मेदवारी परेको हो।धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राईले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।गठबन्धनबाट उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्म