गृहमन्त्री–चिनियाँ राजदूत भेट : नेपाल एक चीन नीतिको पक्षमा– खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज शुक्रवार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशिलको सिद्धान्तमा अडिग रहेको पनि बताउनुभयो । अन्य छिमेकी देश र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।  भेटमा राजदूत यान्छीले...