प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै मूल गेटमा कानून व्यवसायीहरू धर्नामा बसेपछि न्यायाधीशहरूलाई वैकल्पिक गेटबाट भित्र प्रवेश गराइएको छ ।
प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीश महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् ।
बारको धर्नालाई लक्षित गरेर कारण सर्वोच्च अदालत परिसर रामशाह पथमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अन्य दिनमा न्यायाधीशहरू मूल गेटबाटै सर्वोच्च प्रवेश गर्ने गरेका थिए ।