भारतले अन्य देशबाट आउने यात्रुको कोरोना परीक्षण विमानस्थलमै गर्ने भएको छ। चीनमा बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गरी यो निर्णय लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।समाचार एजेन्सी एएनआईका अनुसार कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै त्यहाँका स्वास्थ्य मन्त्रालयले विज्ञ र अधिकारीसँग अवस्थाको समीक्षा गरेको छ। केही देशमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतमा पनि कोभिडको चिन्ता बढेको छ।चीनमा कोभिड–१९ को ठूलो लहर आएको छ । त्यहाँ कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। जापानमा