बीबीसी। न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले ट्रम्प अर्गनाइजेशनमाथि फौजदारी अभियोगको अनुसन्धान गरिरहेको जनाएको छ। प्रमुख अभियोजनकर्ता लेटिटा जेम्सकी प्रवक्ताले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको सम्पत्तिमाथि थालिएको अनुसन्धान अब देवानी अनुसन्धानको विषय नरहेको बताइन्। जेम्सले रिपलिब्लकन पार्टीका ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघिदेखिको आर्थिक कारोबारको अनुसन्धान गरिरहेको जनाएकी हुन्। ट्रम्पले आफूले कुनै गलत काम नगरेको र डेमोक्र्याटिक पार्टीकी अभियोजनकर्ताले गर्ने अनुसन्धान राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताएका छन्।