राष्ट्रिय मानवअधिकार आयोगले रोल्पाको कारागारमा भएको घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । बाँकेको नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा गत जेठ ४ गते मृत्यु भएको थियो । सो घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण जनाउँदै अनुसन्धान सुरु गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो । आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान शुरू गरेको हो । ‘उक्त घटनालाई आयोगले गम्भीर रूपमा