राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि थालेको बाघ गणनामा तीन करोड ७० लाख रुपैयाँ खर्च गर्दैछ । बाघ गन्न खटिएका गणकहरूलाई प्रतिव्यक्ति १० लाख रुपैयाँबराबर बीमा गरिएको विभागले जानकारी दिएको छ ।‘बाघ गणना सकिँदासम्म जम्माजम्मी तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ,’ विभागका सूचना अधिकारी वेदकुमार ढकालले भने, ‘गणनामा हुने खर्चमध्ये नेपाल सरकारले ८२ लाख, विश्व वन्यजन्तु कोष र जुलोजिक सोसाइटी अफ लण्डनले एक÷एक करोड र बाँकी रकम राष्ट्रिय प्रकृति संरक्ष