राष्ट्रिय सहकारी महासंघले सहकारीहरूलाई ऋण असुलीमा प्राथमिकता दिन सुझाव दिएको छ । सीमित संस्थामा समस्या देखिएपछि एक विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ ‘ऋण असुलीलाई प्राथमिकता दिई विशेष योजनाका साथ ऋणको ब्याज तथा किस्ता असुल उपर गर्ने, गराउने तथा संघसंस्थालाई प्रतिस्पर्धी र सबल बनाउन एकीकरण अभियानलाई प्राथमिकता दिने ।’