संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि दुई पक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न आग्रह गरेका छन् ।विगतमा हुँदै आएको काठमाडौँ–मस्को हवाई उडान पछिल्लो समय विभिन्न कारणले बन्द रहेकाले उक्त बन्द रहेको उडान सञ्चालनका लागि पहल चाल्न मन्त्री आलेलाई रिवासले आग्रह गरेका हुन् ।मन्त्रालयमा आज भएको शिष्टाचार भेटघाटका क्रममा रसियाका गैरआवासीय व्यापार प्रतिनिधि रिवासले नेपाल&nda