कोरोनाबाट ज्यान गुमाएका शिक्षकका परिवारलाई १० लाख क्षतिपूर्ति दिन माग

काठमाडौं : अस्थायी शिक्षक हकहित मञ्चले कोरोना संक्रमणबाट मृत्यु भएका स्थायी शिक्षकका प्रति परिवारलाई सान्त्वना स्वरूप १० लाख रुपैयाँ दिन सरकारसँग माग गरेको छ। हकहित मञ्चले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। संक्रमित शिक्षकलाई उपलब्ध गराएको एक लाख रुपैयाँ उपचार खर्च निरन्तर दिनुपर्ने र उपचार खर्चपनि व्यवस्थापन गर्नुपर्ने मञ्चको माग छ।  ‘बजेट निर्माणधीन रहेको सन्दर्भमा शिक्षा र स्वास्थ्यमा बजेटका आकार बढाई लामो समयसम्म पिसिएका बाल शिक्षक, विद्यालय कर्मचारीको प्राविसरह दरबन्दी व्यवस्था...

सम्बन्धित सामग्री

प्रहरीको गोली लागि ज्यान गुमाएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका सर्लाहीको बरहथवा नगरपालिका–६ का जयशङ्कर साहको परिवारलाई आर्थिक सहायतास्वरुप रु १० लाख उपलब्ध गराउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसैगरी मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद यही फागुन १६ गतेदेखि लागू हुने …

छानबिन समिति बनाई मृतक परिवारलाई १० लाख दिने निर्णयले पनि शान्त भएन सर्लाही

काठमाडौँ : सरकारले सर्लाही जिल्लाको बरहथवामा भएको झडपमा ज्यान गुमाएका युवाका परिवारलाई १० लाख दिने र घटनाको छानबिन गर्ने निर्णय भए पनि  स्थिति शान्त हुन सकेको छैन। विभिन्न माग राखेर स्थानीयहरु अझै आन्दोलित छन्। आन्दोलनरत पक्षले मृतकको सालिक निर्माण गर्नुपर्ने, दोषीलाई कारबाही र घटनाको छानबिनको माग गरेर प्रदर्शन गरिरहेका छन्। छानबिनको माग सम्बोधन भए पनि अरु मागका विषयमा सरकार बोलेको छैन।अहिले त्यहाँको स्थानीय बजार बन्द छ भने त्यस क्षेत्रमा गाडीसमेत नचलेका बताइएको छ। उक्त घटनाका विष

हमास आक्रमणमा ज्यान गुमाएकाको परिवारले पाए १० लाख रुपैयाँ क्षतिपूर्ति

काठमाडौँ-  इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारले सरकारका तर्फबाट दिइएको १०/१० लाख रुपैयाँ क्षतिपूर्ति सम्बन्धित जिल्लामा पठाइएको छ। हमास समूहको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय गरेको थियो। सोहीअनुसार अर्थ मन्त्रालयले हरेक परिवारका लागि १० लाख रुपैयाँ दरले क्षतिपूर्ति सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत […]

इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई जनही १० लाख दिइने

काठमाडौं । सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरूप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले स्वदेश फर्कन चाहनेहरूलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।  बैठकले यही असोज २० गते दक्षिण इजरायलको किबुच अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको अतिवादी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद निधन भएकामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले उक्त अकल्पनीय घटनामा दिवङ्गत नेपालीहरूप्रति सम्मान व्यक्त गर्दै यही भोलि (मङ्गलवार) राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री शर्माले बताइन् ।  त्यसैगरी, मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयले इजरायलस्थित राजदूतावाससँग समन्वय गरी शव यथाशीघ्र नेपाल ल्याउने निर्णय गरेको छ । इजरायललस्थित नेपाली राजदूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा बेपत्ता भएकाको खोजी गर्ने तथा घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद् बैठकले इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण ‘अनलाइन’ सङ्कलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न तथा स्वदेश फर्कन चाहनेलाई आफ्नो विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ । सरकारले इजरायलमा रहेका नेपालीको उद्धार र स्वदेश फिर्तीमा सहयोग गर्न स्थानीय भाषामा पोख्त व्यक्तिबाट बढीमा तीन महिना सेवा लिन स्वीकृति दिने निर्णय गरेको छ । इजरायललस्थित नेपाली राजदूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार, समन्वय र सहजीकरण गर्ने, नेपाल फर्कन चाहनेलाई अस्थायी ‘ट्रान्जिट होम’ स्थापना गरी व्यवस्थापन गर्न उक्त दूतावासलाई स्वीकृति दिने निर्णय गरिएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।  सरकारले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकी र अन्य मित्रराष्ट्रहरू समेतको सहयोग लिने पनि निर्णय गरेको छ । उक्त घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात र समाजमा पर्ने असर समेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्री सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न बैठकले अनुरोध गरेको छ । रासस

हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा

काठमाडौं,२२ असोज । सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई जनही १० लाख दिनेसमेत निर्णय गरेको शर्माले […]

गएकाे आवमा चितवनमा जङ्गली जनावरको आक्रमणमा परि १२ जनाको ज्यान गयाे

चितवन - गएकाे आर्थिक वर्ष २०७९/०८० मा चितवनमा जङ्गली जनावरकाे आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् ।  तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र  हात्तीको आक्रमणबाट दुई जनाकाे ज्यान गएकाे छ । जङ्गली जनावरकाे आक्रमणबाट ज्यान गुमाएकाकाे परिवारहरुलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणबाट ३१ जना गम्भीर र २७ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका ३१ जनाक...

एनआईसी एसिया बैंकद्वारा बिमा रकम हस्तान्तरण

एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।...

एनआईसी एसिया बैंकद्वारा १० लाख रुयैयाँ हस्तान्तरण

एनआईसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ उपलब्ध गराएको छ।...

दार्चुला घटना : ज्यान गुमाएका बालकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान

काठमाण्डाै – दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर ज्यान गुमाएका पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनीले १६ लाख रुपैयाँ क्षतिपूर्तिबापतको रकम प्रदान गरेको छ । धार्चुलाको एसडीएम कार्यालयमा नेपाली प्रतिनिधिसमेतको उपस्थितिमा आज आइतवार भएको छलफलपछि भएको सहमतिअनुसार तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्तिबापत १० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको दार्चुलाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले जानका...

सङ्खुवासभा दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि क्षतिपूर्तिकाे माग

एक हप्ताअघि सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्तिका लागि नेकपा (एमाले) प्रदेश नं १ कमिटीका अध्यक्ष एवं प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले माग गरेका छन् । न्यौपानेले मुख्यमन्त्री राजेन्द्रकुमार राईसँगको भेटमा प्रति परिवार १० लाख र घाइतेको निःशुल्क उपचारका लागि माग गरे । पीडितको समस्या छिटोभन्दा छिटो सम्बोधन गर्न उनले आग्रह गरे । गत बिहीबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १५ जनाका परिवार तथा घाइतेलाई प्रदेश सरकारले राहत उपलब्ध गराउन नसके