छानबिन समिति बनाई मृतक परिवारलाई १० लाख दिने निर्णयले पनि शान्त भएन सर्लाही

काठमाडौँ : सरकारले सर्लाही जिल्लाको बरहथवामा भएको झडपमा ज्यान गुमाएका युवाका परिवारलाई १० लाख दिने र घटनाको छानबिन गर्ने निर्णय भए पनि  स्थिति शान्त हुन सकेको छैन। विभिन्न माग राखेर स्थानीयहरु अझै आन्दोलित छन्। आन्दोलनरत पक्षले मृतकको सालिक निर्माण गर्नुपर्ने, दोषीलाई कारबाही र घटनाको छानबिनको माग गरेर प्रदर्शन गरिरहेका छन्। छानबिनको माग सम्बोधन भए पनि अरु मागका विषयमा सरकार बोलेको छैन।अहिले त्यहाँको स्थानीय बजार बन्द छ भने त्यस क्षेत्रमा गाडीसमेत नचलेका बताइएको छ। उक्त घटनाका विष

सम्बन्धित सामग्री

सरकारले सर्लाही घटनाका मृतकका परिवारलाई १० लाख राहत दिने

काठमाडौँ- सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गर्दै मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ । हिजो भएको झडपमा साहको ज्यान गएको सम्बन्धमा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको ह...

सर्लाही घटनाका मृतकका परिवारलाई १० लाख राहत, घटना छानबिन गर्न समिति

सरकारले छानबिन समिति गठन गर्दै मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ।

निःशुल्क गर्भवती जाँच कार्यक्रममा अनियमितता भएपछि छानबिन समिति गठन

खोटाङ । प्रदेश सरकारबाट जिल्ला अस्पताल खोटाङका लागि आएको निःशुल्क गर्भवती जाँच कार्यक्रमको बजेट अनियमितता भएको पाइएको छ । गत साउन १ देखि लागू हुने गरी प्रदेश सरकारबाट विनियोजित रू १० लाख बजेट कार्यक्रम नै नगरी सकिएको खुलासा भएको हो । निःशुल्क गर्भवती जाँच कार्यक्रमका लागि प्राप्त रकममध्ये रू आठ लाख एक हजार दुई सय […]

सुत्केरीको मृत्युपछि छानबिन समिति गठन, १० लाख क्षतिपूर्तिसँगै शव बुझ्ने सहमति

बैठकले मृतकको परिवारलाई अस्पतालले १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको छ। सो सहमतिसंगै आफन्तले शव बुझ्ने भएका छन्।

अस्पतालमा सुत्केरी मृत्यु : छानबिन समिति गठन, मृतकको परिवारलाई १० लाख

पाँचथरको सदरमुकाम फिदिममा भर्खरै सञ्चालनमा आएको गणेशमान सिंह सामुदायिक अस्पतालमा प्रसूति गराएकी महिलाको मृत्यु भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । समिति संयोजकका रुपमा पाँचथर अस्पतालका निमित्त प्रमुख बरुण अग्रवाललाई तोकिएको छ ।

पूँजीबजार सुधारको माग गर्दै लगानीकर्ता आमरण अनसनमा

भदौ ३१, काठमाडौं । पूँजीबजार सुधारका लागि आवश्यक पहलको माग गर्दै बिहीवारदेखि लगानीकर्ताहरुले आमरण अनसन शुरु गरेका छन् ।  लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालय अघि आमरण अनसन शुरु गरेका हुन् । अर्थमन्त्रि र नेपाल राष्ट्र बैंकका गभर्नरलाई तत्काल बर्खास्त गर्नुपर्ने मुख्य माग लगानीकर्ताहरुको रहेको छ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजीबजार र समग्र अर्थतन्त्र विरोधी रहेको भन्दै लगानीकर्ताहरुले तत्काल उनीहरुलाई बर्खास्त गर्नुपर्ने माग अघि सारेका छन् ।  लगानीकर्ताहरुले आफ्नो अख्तियार दुरुपयोग गरी सुनियोजित रुपमा बजार घटाउन लागिपरेको आरोप लगाउँदै छानबिन समिति गठन गरेर गभर्नरमाथि अनुसन्धान गरी कानून बमोजिम कारबाहीको माग गरेका छन् ।  अप्राकृतिक रुपमा तरलता घटाउन र कोभिडको बेला अर्थतन्त्र ध्वस्त पार्न सिसिडी रेसियो खारेज गरी सिडी रेसियो लागू गरेको भन्दै सिसिडी रेसियोनै कायम गराउन पनि उनीहरुले माग गरेका छन् । विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर त्यस बेला सरकारद्वारा जारी ५८ बुँदे सुझावलाई कार्यान्वयन गर्नसमेत उनीहरुले माग गरेका छन् । लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा बढी बोनस वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्व कोष राख्नुपर्ने अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर्न तथा शेयर धितोको सीमा रकमलाई तत्काल खारेज गर्न र त्यसमा तोकिएको समयावधिलाई संशोधन गरी १२० दिनको औषत मूल्य कायम गर्न समेत लगानीकर्ताहरुले माग गरेका छन् । त्यस्तै ब्रोकर कमिसन शून्य दशमलव १० प्रतिशतमा झार्न, बुक बिल्डिङ्ग बिधि तत्काल खारेज गरी रू. १०० अंकित मूल्यमै आईपीओ जारी गर्न  र बैंकलाई ब्रोकर लाईसेन्स वितरण गर्न समेत लगानीकर्ताहरुले माग गरेका छन् । यस वर्षको मौद्रिक नीतिमा मार्जिन कर्जाको सीमा रू. १२ करोडमा सीमित गरिदिएपछि प्रभावित बनेको बजारले गति लिन सकिरहेको छैन । ३ हजार १९८ दशमलव ६० विन्दुसम्म कायम भएको नेप्से परिसूचक भदौ महीनाको अन्तिम कारोबार दिन २ हजार ८१२ दशमलव ३८ विन्दुमा झरेको छ ।  नेप्सेले कायम गरेको उच्च विन्दुभन्दा यो दिन परिसूचक ३८६ दशमलव २२ विन्दुले घटेको हो । नेप्सेले उच्च विन्दु कायम गरेको दिन भदौ २ गते नेपालको कुल बजार पूँजीकरण रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५० लाख ३९ हजार रहेको थियो । यो बीचमा लगानीकर्ताहरुको सम्पत्ति मूल्य रू. ५ खर्ब ३२ अर्ब ७६ करोड ३० लाख ५० हजारले घटेको छ । बिहीवार नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजार कायम भएको छ ।