चितवन - गएकाे आर्थिक वर्ष २०७९/०८० मा चितवनमा जङ्गली जनावरकाे आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र हात्तीको आक्रमणबाट दुई जनाकाे ज्यान गएकाे छ । जङ्गली जनावरकाे आक्रमणबाट ज्यान गुमाएकाकाे परिवारहरुलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणबाट ३१ जना गम्भीर र २७ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका ३१ जनाक...