काठमाण्डाै – दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर ज्यान गुमाएका पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनीले १६ लाख रुपैयाँ क्षतिपूर्तिबापतको रकम प्रदान गरेको छ ।
धार्चुलाको एसडीएम कार्यालयमा नेपाली प्रतिनिधिसमेतको उपस्थितिमा आज आइतवार भएको छलफलपछि भएको सहमतिअनुसार तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्तिबापत १० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको दार्चुलाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले जानका...