जग्गा बेचेर नयाँ प्लान्ट जडान गर्ने हेटौंडा सिमेन्टको योजना स्थगित

हेटौंडा : जग्गा बेचेर उद्योगमा नयाँ प्लान्ट जडान गर्ने हेटौंडा सिमेन्टको योजना स्थगित भएको छ। निरन्तरको घाटा रोक्न उद्योगले नयाँ प्लान्ट जडान गर्न आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्ने योजना बनाएको थियो। तर, तत्कालका लागि उक्त योजना स्थगित भएको हो। पछिल्लो चार वर्ष लगातार घाटामा चलिरहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले हेटौंडा–९ स्थित  आफ्नो जग्गा  नेपाल बैंकलाई बेच्ने तयारी गरेको थियो।नेपाल बैंकलाई आफ्नो जग्गा बेचेर पुराना भएका मेसिन मर्मत गर्ने तथा नयाँ मेस

सम्बन्धित सामग्री

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन शुरू

हेटौंडा । कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौंडा अस्पतालले अक्सिजन उत्पादन शुरू गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निर्माण गरेको सो अस्पतालले बताएको छ । अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले तीन करोडको लागतमा दैनिक १२५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि प्लान्टबाट उत्पादन शुरू भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।      उद्योग संघ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौंडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताए । अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौंडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उनको भनाइ छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न धेरै मेहनत गर्नुपरेको भन्दै उक्त अस्पतालमा भन्टिलेटरसहित २० शøया तयारीको अवस्थामा रहेको बताइएको छ । हाल अस्पतालमा ९ कोरोनाका बिरामी उपचारत रहेको अस्पतालका सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले बताए । मकवानपुर जिल्लामा हाल कोरोना संक्रमितको संख्या क्रमिक घट्दै गएको अस्पतालले बताएको छ । रासस

हेटौँडामा अक्सिजन प्लान्टको लागि ३८ लाख सहयोग

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा जडित अक्सिजन प्लान्टको लागि घरजग्गा व्यवसायी संघ मकवानपुरले ३८ लाख रुपैयाँ सहयोग गरेको छ।  करिब दुई साताअघि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा अस्पतालमा दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको थियो। सोही प्लान्टको लागत रकम घरजग्गा व्यवसायी संघ मकवानपुरले आइतबार उपमहानगरका मेयर हरिबहादुर महत र महतले प्लान्ट ल्याएका बयोधा मेडिकल टेक्नोलोजीका प्रमुख दीपक खनाललाई हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै मेयर महतले महामारीको समयमा स...

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ । हेटौंडाका मेयर हरिबहादुर महतले प्लान्टको उद्घाटन् गरेसंगै अक्सिजन उत्पादन सुरु भएको हो ।

अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्रीको निर्देशन

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सबै जिल्लाको अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएा छन्। आइतबार साँझ प्रदेशको १३ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग छलफल गर्दै मुख्यमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन्। उनले प्रदेशको १३ वटै जिल्लामा कोरोना संक्रमितको अवस्था, उनीहरुको उपचार र कोरोना नियन्त्रणको लागि भइरहेको पहलको बारेमा छलफलमा जानकारी लिएका थिए। त्यसक्रममा मुख्यमन्त्री पौडेलले अक्सिजन प्लान्ट जडानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न ...