बागमती प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचारका लागि छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन। प्रदेशका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिसँग भर्चुअल संवाद गर्दै प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर सङ्क्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका हुन्र।रासस