हेटौंडा । कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौंडा अस्पतालले अक्सिजन उत्पादन शुरू गरेको छ ।
सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निर्माण गरेको सो अस्पतालले बताएको छ । अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले तीन करोडको लागतमा दैनिक १२५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि प्लान्टबाट उत्पादन शुरू भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।
उद्योग संघ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौंडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताए । अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौंडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उनको भनाइ छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न धेरै मेहनत गर्नुपरेको भन्दै उक्त अस्पतालमा भन्टिलेटरसहित २० शøया तयारीको अवस्थामा रहेको बताइएको छ ।
हाल अस्पतालमा ९ कोरोनाका बिरामी उपचारत रहेको अस्पतालका सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले बताए । मकवानपुर जिल्लामा हाल कोरोना संक्रमितको संख्या क्रमिक घट्दै गएको अस्पतालले बताएको छ । रासस