हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सबै जिल्लाको अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएा छन्।
आइतबार साँझ प्रदेशको १३ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग छलफल गर्दै मुख्यमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन्। उनले प्रदेशको १३ वटै जिल्लामा कोरोना संक्रमितको अवस्था, उनीहरुको उपचार र कोरोना नियन्त्रणको लागि भइरहेको पहलको बारेमा छलफलमा जानकारी लिएका थिए।
त्यसक्रममा मुख्यमन्त्री पौडेलले अक्सिजन प्लान्ट जडानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न ...