हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा जडित अक्सिजन प्लान्टको लागि घरजग्गा व्यवसायी संघ मकवानपुरले ३८ लाख रुपैयाँ सहयोग गरेको छ।
करिब दुई साताअघि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा अस्पतालमा दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको थियो। सोही प्लान्टको लागत रकम घरजग्गा व्यवसायी संघ मकवानपुरले आइतबार उपमहानगरका मेयर हरिबहादुर महत र महतले प्लान्ट ल्याएका बयोधा मेडिकल टेक्नोलोजीका प्रमुख दीपक खनाललाई हस्तान्तरण गरेका हुन्।
रकम हस्तान्तरण गर्दै मेयर महतले महामारीको समयमा स...