विराटनगर, माघ ६ । विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती क्षेत्रमा रहेको भेडियारीमा पुरातत्त्व विभागको टोलीले एक हप्तादेखि अनुसन्धान गरिरहेको छ । दरबार क्षेत्र रहेको विश्वास गरिएको ठाउँलाई मुख्य क्षेत्र मानेर गरिएको उत्खननबाट प्राचीन बस्ती दक्षिण र […]