ललितपुर- प्राचीन नेवारी बस्तीको रूपमा रहेको खोकना कला संस्कृतिका साथै त्यहाँ उत्पादन गरिने विभिन्न कृषिजन्य वस्तुका लागि पनि प्रसिद्ध छ। खोकनामा खुर्सानी रातो गरी पाकेपछि त्यसलाई परालले बाँधी घरको अगाडि झुन्डाएर घाममा सुकाउने गरिन्छ। बुधबार दिउँसो खोकना बस्ती पुग्दा खुर्सानीलाई बाँधेर सुकाउने काममा त्यहाँका स्थानीय बासिन्दा व्यस्त थिए। पछिल्लो समय सहरीकरण बढेसँगै त्यहाँ कृषिजन्य उपजमा […]