कर्णाली प्रदेश सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नारा तय गरेको छ । यद्यपि हालसम्म सरकारले समृद्ध कर्णालीको न आधार र मोडालिटी नै तय गर्न सकेको छ, न सो अनुसारको बजेट नै लगानी गर्न सकेको अवस्था छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट बुधबार संसदमा प्रस्तुत गरेको छ, जसमा समृद्ध कर्णालीको नारा अनुसारको कुनै रुपान्तरणकारी योजना, कार्यक्रम भने छैन । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले ३३ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट संसदमा प्रस्तुत गरे । जसमध्ये पु