काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवाका अधिकृत तहका कर्मचारीहरुको सरुवा गरेको छ। मंगलबार बसेको आयोगको बैठकले विशिष्ट श्रेष्ठ, सहसचिव र उपसचिव तहका १७१ जना कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको हो। आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ। त्यस्तै कानुन आयोगकी सचिव लीलादेवि गड्तौला (निरौला) […]