काठमाडौं, ८ फागुन । आज कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । आइतबार बस्ने बैठकको प्रस्तावमा लोकसेवा आयोगको परीक्षाबाट उत्तिर्ण न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेको जनाइएको छ । चोलेन्द्रशमशेर जबरा विवादमा परेपछि औपचारिक रुपमा आयोगको बैठक बस्न सकेको थिएन् ।