काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन आचारसंहितामा प्रतिबद्धतास्वरुप हस्ताक्षर गरेको छैन । आज (मंगलबार) आयोगले स्थानीय तहको निर्वाचनका लागि मान्यता पाएका ७९ दलहरूलाई निर्वाचन आचारसंहितामा प्रतिबद्धताका लागि बोलाएको थियो । बैठकको वातावरण स्वस्थ नभएको भन्दै एमालेका प्रतिनिधिले निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर नगरी बाहिरिएका हुन् । एमालेका तर्फबाट आयोगले बोलाएको बैठकमा एमाले […]