कतार विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : पोर्चुगलले घाना र ब्राजिलले सर्बियासँग खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘जी’ र समूह ‘एच’ का दुई/दुई वटा खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड र क्यामरुन खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।  यस्तै, आजको अर्को खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । विश्व कप फुटबल अन्तर्गत नै आज हुने तेस्रो खेलमा पोर्चुगल र घ...

सम्बन्धित सामग्री

विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का चार वटा खेल हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछन् । यो समूहबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ । यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल ह...

नेपालको विश्वकप जित्ने सम्भावना

यस पालिको विश्वकप फुटबलमा कमजोर ठानिएका र सोच्दै नसोचिएकाहरू चम्किएको चम्कियै छन् । पहिलो पुस्ताले फुटबलमा नामै नसुनेका घाना, उरुग्वे र स्लोभेनियाजस्ता देशहरू विजयी हुँदै फुर्तीसाथ अगाडि बढेका छन् भने फुटबललाई आफनो बपौती नै ठान्ने र राम्रा खेलाडी पनि भएका अनि कयौंपटक विश्वकपमा विजेता, उपविजेता इटली, फ्रान्स आदि चाहिँ पानी पिउन नपाउँदै पहिलो चरणबाटै झिटिगुन्टा बोकेर घर फर्केका छन् । यहीँनेर छ दुःख र अपशोच ! फुटबलमा नामै नचलेकाहरूका यसरी भाग्य चम्कने खेलमा हाम्रो नेपालले किन भाग लिएन ? नेपालले भाग मात्रै लिएको भए विश्व कप जित्ने पक्कापक्की रहेछ भन्ने कुरा पहिलो राउन्डमा पछारिएका र ठडिएका देशहरूको सूचीबाट छर्लङ्ग भइसकेको छ । फुटबले खेल त्यसैले जित्छ जसले विपक्षीलाई बढी भन्दा बढी छिर्के हान्न सक्छ र विरोधी पक्षले गोलपोस्टमा गरेको प्रहारलाई ठ्याक्क रोक्न सक्छ । अब विचार गर्नुस् त नेपालमा त्यस्ता खेलाडी र गोलकिपर कति छन् ? साँच्चै भन्ने हो भने हाम्रा सडक, संसद्, सिंहदरबार, बल्खु दरबार टेकु दरबार, चेम्बर आदि सबै दरबारहरू त्यस्तै नामुद खेलाडीबाट भरिभराउ छन् । ती खेलाडी हात बाँधेर त्यसै बस्दैनन् । केही चाडबाडलाई छोडेर वर्षको बाह्रै महिना आआफ्नो खेल खेलेको खेल्यै छन् । मुलुकको सबै भागमा यिनको नियमित र निःशुल्क प्रशिक्षण अभ्यास चलिरहेको हुन्छ । खेल नै पनि कम हुँदैनन् । अस्ति भर्खर त हो नि पुकदाले सिंहदरबारको गोलपोस्टतिर हानेका बललाई बाहिरबाटै माकुनेले फर्काइदिएको । (तीतोमीठोबाट) वर्ष ५, अंक ४३, २०६७, असार १४– २०