यो साताको बजार : १.६४ प्रतिशत घट्यो नेप्से, कारोबार रकम ४३ प्रतिशत बढ्यो

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार गत साताको तुलनामा घटेको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत साताको तुलनामा यो साता नेप्से परिसूचक १ दशमलव ६४ प्रतिशत अर्थात् ३४ दशमलव २९ अंक घटेको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ९६ दशमलव ३२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६२ दशमलव शून्य ३ विन्दुमा बन्द भएको हो । यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन घटेको छ भने दुई कारोबार दिन बढेको छ । पहिलो कारोबार दिन १० दशमलव ५० अंकले घटेको बजार दोस्रो दिन १५ दशमलव ३३ अंकले बढेको छ । त्यस्तै तेस्रो दिन ३० दशमलव ५६ अंकले घटेको बजार चौथो दिन ५ दशमलव ९१ अंकले बढेको छ भने पाँचौं दिन १४ दशमलव ४६ अंकले घटेको छ ।  यो साताको कारोबार हेर्दा बजार एक दिन बढ्ने र अर्को दिन घट्ने देखिएको छ । लगानीकर्ताको सक्रियता अल्पकालीन कारोबारमा रहेको ब्रोकर बताउँछन् । लगानीकर्ता बजार अझै माथि जाने अपेक्षामा रहे पनि दीर्घकालीन लगानीका लागि भने डराइरहेको ब्रोकरको अनुमान छ । धितोपत्र बजारमा लगानीका लागि पर्याप्त आधार रहे पनि लगानीकर्ताको आत्मबल बढ्न नसक्नु बजारले गति लिन नसक्नुको प्रमुख कारण रहेको ब्रोकरको बुझाई छ । यो साता नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत साता १४ अर्ब ३० करोड ११ लाख रुपैयाँभन्दा बढीको ४ करोड १२ लाख ९२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २० अर्ब ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीको ५ करोड ६६ लाख १४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम ६ अर्ब १६ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ५३ लाखभन्दा बढी भएको हो । औसतमा समेत यो साता कारोबार रकम र कित्ता दुवै बढेको छ । गत साताभन्दा यो साता औसतमा कारोबार रकम १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी र औसत कारोबार कित्ता ३० लाख ६४ हजारले बढी भएको हो । बजार घट्दा कुल पूँजीकरण पनि १ दशमलव ६४ प्रतिशत कम भएको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रहेको कुुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । यो साता लगानीकर्ताले ५३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति मूल्य गुमाएका छन् । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । वित्त र जलविद्युत् समूहको मात्र परिसूचक बढ्यो  यो साताको कारोबारमा दुई समूहगत परिसूचक मात्र बढेका छन् । गत साताको तुलनामा वित्त समूहको २ दशमलव शून्य ५ प्रतिशत र जलविद्युत् समूहको १ दशमलव शून्य २ प्रतिशत परिसूचक बढेको हो । बाँकी समूहको परिसूचक भने यो साता घटेको छ । यो साता सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ३ दशमलव ८१ प्रतिशत घटेको हो । त्यस्तै व्यापारिक समूहको २ दशमलव ९० प्रतिशत, अन्यको २ दशमलव ९० प्रतिशत, जीवन बीमाको २ दशमलव ६३ प्रतिशत, बैंकिङको २ दशमलव ५२ प्रतिशत, लगानीको १ दशमलव ९० प्रतिशत, लघुवित्तको १ दशमलव ७९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४९ प्रतिशत परिसूचक घटेको छ ।  परिसूचक घटेको आधार मान्दा यो साता वित्त समूहले सबैभन्दा बढी कमाएका छन् भने होटल तथा पर्यटन समूहले सबैभन्दा बढी गुमाएका छन् । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सम्बन्धित सामग्री

लगातार तीन कारोबार दिनमा ५ % घट्यो नेप्से, किन हाबी भइरहेका छन् विक्रेता ?

काठमाडौं  । लगातार तीन कारोबार दिनमा नेप्से परिसूचक ५ दशमलव १४ प्रतिशत घटेको छ । गत बुधवारयता घटेको नेप्से त्यसपछिका कारोबार दिन आइतवार र सोमवार पनि घटेको हो । सोमवार नेप्से परिसूचक १ दशमलव ०२ प्रतिशत अर्थात् २१ दशमलव ३२ अंक घटेर २ हजार ७५ दशमलव ९७ विन्दुमा झरेको हो ।  परिसूचकसँगै कारोबार रकम पनि केही घटेको छ । यसअघिका केही दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार भने त्यो रकम ४ अर्बमा झरेको छ । असार मसान्त नजिकिँदै गर्दा बजार प्रभावित भएको जानकारहरू बताउँछन् । बढेको बजारमा केहीले नाफा बुक गर्दा र केहीले बैंकको साँवा–ब्याज र अन्य करहरू तिर्नका लागि शेयर बेच्दा बजारमा सेलिङ प्रेसर परेको जानकारहरूको भनाइ छ ।  सोमवार कारोबारमा आएका २७६ धितोपत्रको ९४ लाख १८ हजार ९५२ कित्ता शेयर ६४ हजार ८६८ पटकमा रू. ४ अर्ब ५ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र बिपि डब्लु लघुवित्तको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । सिवाईसी नेपाल लघुवित्तको शेयर मूल्य रू. १ हजार २८९ र बिपि डब्लु लघुवित्तको शेयर मूल्य रू. १ हजार ५५४ दशमलव ८० पुगेको छ ।  सोमवार सबैभन्दा बढी लक्ष्मी इक्वीटी फण्डका इकाईधनीहरूले गुमाएका छन् । यो फण्डको इकाई मूल्य ८ दशमलव ९५ प्रतिशत घटेको छ । यससँगै कम्पनीको इकाई मूल्य रू. ८ दशमलव ६५ मा झरेको छ । यो सूचीमा दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ७ दशमलव १३ प्रतिशत घटेर रू. ९२५ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन लाइफ इन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको रू. २३ करोड ९४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य रू. ५३२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटल छ । कम्पनीको रू. २० करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ६६ प्रतिशत र होटल एण्ड टुरिजम समूहको परिसूचक २ दशमलव ०७ प्रतिशत बढेको छ भने बाँकी सबै परिसूचक घटेको छ । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी जीवन बीमा समूह छ । उक्त समूहको परिसूचक १ दशमलव ८३ प्रतिशत घटेको छ । सोमवार सेन्सेटिभ इन्डेक्स १ दशमलव ०७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०१ प्रतिशत घटेको हो ।

तीन दिन बढेपछि पुनः घट्यो नेप्से, कारोबार रकम ८९ करोड ९५ लाखमा सीमित

काठमाडौं । लगातार तीन दिनमा ३१ अंक बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीवार १० दशमलव ८७ अंक घटेर १ हजार ९०८ दशमलव ५५ विन्दुमा झरेको छ । आइतवार नेप्से परिसूचक तीन महीनायताकै न्यून विन्दु १८८१ मा झरेको थियो । त्यसपछि बजारमा थोरै मात्रमा खरीदकर्ता आएको देखिन्छ । लगानीकर्ता बजारप्रति विश्वस्त नहुँदा बजार केही बढ्ने बित्तिकै विक्रेता हाबी भएसँगै पुनः घटेको देखिन्छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ६६ अंक, फ्लोटेड इन्डेक्स शून्य दशमलव ७२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६१ अंक घटेको छ ।  बिहीवार २५४ धितोपत्रको २७ लाख ५० हजार ६५५ कित्ता २६ हजार ४३४ पटकमा रू. ८९ करोड ९५ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सुपर माई हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भई रू. ५७२ दशमलव ४० पुगेको छ । त्यस्तै सिटिजन्स म्युुचुअल फण्ड २ को इकाई मूल्य ६ दशमलव ८१ प्रतिशत बढेर रू. ८ पुगेको हो ।  यस दिन आदर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव शून्य ७ प्रतिशत घटेर रू. १ हजार १६१ मा झरेको छ । त्यस्तै दोस्रोमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य ३ दशमलव ८६ प्रतिशत घटेर रू. १ हजार ८७० कायम भएको छ ।  बिहीवार शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री रू. ५ करोड बराबर भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१५ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. ३ करोड १२ लाख बराबर छ । यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको शून्य दशमलव ५० प्रतिशत बढेको छ भने घट्नेमा ‘अन्य’ समूहको १ दशमलव ११ प्रतिशत घटेको हो ।  पछिल्लो समय बजारप्रति लगानीकर्ताहरू विश्वस्त नभएको देखिएको छ । बजार घट्न पनि सकेको छैन भने बढ्न पनि सकेको छैन । यसरी बजारमा क्रेता/विक्रेता सक्रिया नहुँदा कारोबार रकम अर्बभन्दा मुनि झरेको छ ।

सातामा २८ अंकले घट्यो नेप्से कारोबार रकम ६६ प्रतिशत बढ्यो

सातामा नेप्से परिसूचक २८ दशमलव ४७ अंकले घटेकोे छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से सूचक एक दशमलव ४८ प्रतिशतले घटेर एक हजार आठ सय ९३ दशमलव ७० बिन्दुमा...

१.३७ प्रतिशतले घट्यो नेप्से

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइबार बजार परिसूचक नेप्से २७.९२ अंक (१.३७ प्रतिशत)ले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको छ । २० साउनमा सामान्य बढेर बन्द भएको नेप्से त्यसपछि कारोबार भएको ५ दिन नै घटेको हो । नेप्सेसँगै सबै उपसूचक र कारोबार रकम पनि घट्दो क्रममा गएको छ । आइतबार सबै उपसूचकमा गिरावट हुँदा […]

शेयर बजारमा सुक्खा : ५ दिनमा १४० अंक घट्यो नेप्से, कारोबार रकम २ अर्बभन्दा कम

चैत २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार पनि नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । यस दिन नेप्से परिसूचक २३ दशलमव ३२ अंक घटेर २४२८  बिन्दुमा झरेको हो । कारोबारमा आएका २२६ धितोपत्रको ४३ लाख ७९ हजार ४२ कित्ता शेयरको ३८ हजार २६२ पटकमा रू. १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ बराबरको शेयर खरीदविक्री भएको हो । वित्तीय प्रणालीमा तरलता अभाव ब्याजदर वृद्धिले गर्दा केही समय देखि शेयर बजार नराम्रो सँग प्रभावित भएको छ । मंगलवार पनि नेप्से परिसूचक ४६ अंक घटेको थियो । बुधवार शुरुको १५ मिनेट अवधिमा बजार २ हजार ४१८ मा सम्म आएको थियो सो अवधिमा भने खरीदकर्ता आर्कषित भएको थिए भने अन्तिमममा विक्रेतानै हावी भएको देखियो । चैत मसान्तमा बैंकको साँवा र ब्याज तिर्नुपर्ने र यहि बेलामा  राज्यलाई कर तिनु पर्ने भएकाले पनि  शेयर बजार घटेको हो । बजार धेरै तल आइसकेको छ । कम्पनीहरुको शेयर मूल्य धेरैनै सस्तिएको छ । सोही कारण पनि बजारमा खरीदकर्ता आउने अनुमान लगाउन सकिन्छ ।  बुधवार कारोबारमा आएका २२६ धितोपत्र मध्ये नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५४५ दशलमव ५० पुगेको हो । त्यसैगरी दोस्रोमा सोल्टी होटलको शेयर मूल्य ३ दशलमव ९९ प्रतिशत वृद्धि भएर रू. २३७ पुगेको हो । त्यसैगरी बुधवार इमर्जिङ्ग नेपालको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १९० दशलमव ७० म ाझरेको छ । सर्वाधिक शेयर खरीद विक्री हिमालयन डिष्टीलरीको रू. ९ करोड ४१ लाख बराबरको भएको छ ।

सातामा ६९.३७ अंक घट्यो नेप्से परिसूचक, कारोबार रकम भने ७४ करोडले बढ्यो

चैत १९, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा रू. १३ अर्ब ४२ करोडभन्दा बढीको कारोबार भएको छ । उक्त रकम बराबरको २ करोड ६० लाख ६१ हजार ६१५ कित्ता धितोपत्र यो साता खरीदविक्री भएको हो । यो साता गत साताको तुलनामा रू. ७४ करोड ४२ लाखभन्दा बढीको १९ लाख ७० हजार ८५३ कित्ता बढी धितोपत्र कारोबार भएको हो । गत साता रू. १२ अर्ब ६८ करोडभन्दा बढीको २ करोड ४० लाख ९० हजार ७६२ कित्ता धितोपत्र कारोबार भएको थियो ।  कारोबार रकम बढेको यो साता नेप्से परिसूचक भने ६९ दशमलव ३७ अंकले घटेको छ । यो साता पाँच कारोबार दिनमा एक दिन मात्र बजार बढेको छ । साताको पहिलो कारोबार दिन ४१ दशमलव ४१ अंक, दोस्रो दिन ३० दशमलव ४३ अंक र तेस्रो दिन १४ दशमलव २६ अंकले घटेको बजार चौथो दिन भने ४० दशमलव ६८ अंकले बढेको थियो । पाँचौ दिन भने फेरी बजार २३ दशमलव ९५ अंकले घटेर बन्द भएको छ । गत साता २ हजार ६१३ दशमलव ६७ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २ हजार ५४४ दशमलव ३० विन्दुमा झरेको हो । यसै साता बीमा कम्पनीहरुको पूँजी वृद्धिको चर्चा चलेपनि यसले लगानीकर्ताहरुको मनोबल भने बढाउन सकेन । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजीको अभाव रहि रहेको अवस्थामा बजार सकारात्मक बन्न कठिन हुने जानकारहरु बताउँछन् । स्थानीयतहको निर्वाचनको खर्च वित्तीय प्रणालीमार्फत भए यसबाट धितोपत्र दोस्रो बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास लगानीकर्ताहरुको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ४७ अंक तल झरेको छ । गत साता ४८८ दशमलव ९४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४७५ दशमलव ४७ विन्दुमा झरेको हो । साताको कारोबारमा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य कुल बजार पूँजीकरण रू. ९३ अर्ब ३२ करोड ५३ लाखले घटेको छ । गत साता रू. ३७  खर्ब ५ अर्ब ५९ करोड ८८ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३६ खर्ब १२ अर्ब २७ करोड ३४ लाखमा झरेको हो ।   यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए  : यो साता सर्वाधिक गुमाउँनेमा वित्त समूहका लगानीकर्ता रहेका छन् । गत साताको तुलनामा यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरु घट्दा वित्त समूहको सर्वाधिक ५ दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै यो साता वाणिज्य समूहको २ दशमलव २३ प्रतिशत, विकास बैंक समूहको ४ दशमलव ४४ प्रतिशत, होटल्स तथा पर्यटन समूहको १ दशमलव ७७ प्रतिशत, जलविद्युत् समूहको ३ दशमलव २१ प्रतिशत, लगानी समूहको शून्य दशमलव ८९ प्रतिशतले परिसूचक घटेको छ ।  त्यस्तै जीवन बीमा समूहको ४ दशमलव २० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव शून्य ५ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ७६ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ८९ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ३५ प्रतिशत, अन्य समूहको ४ दशमलव ४८ प्रतिशत र ब्यापारिक समूहको ३ दशमलव ५५ प्रतिशतले परिसूचक घटेको छ ।

०.९३ प्रतिशतले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब पनि पुगेन

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से करिब एक प्रतिशतले घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से २३.९५ अंक (०.९३ प्रतिशत) गिरावट भएर २५४४.३० अंकमा बन्द भएको छ । गएको बिहीबारदेखि मंगलदबारसम्म लगातार चार कारोबार दिन घटेको नेप्से बुधबार भने ४०.६८ अंकले बढेको थियो । चार...

साताभर नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा

२८ सय छोएर घट्यो नेप्से, दैनिक औसत कारोबार रकम ५ प्रतिशत बढ्यो  गत साताभरमा नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा आइपुगेको छ । गत साता पाँचै दिन...

सातामा करिब १८ अंक घट्यो नेप्से

काठमाडौं। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९० अंकले घटेको छ। गत साता २८४३ विन्दुमा बन्द भएको बजार यो साता १७.९० अंक घटेर २८२५.१० विन्दुमा बन्द भएको छ। गत साता ३४ अर्ब १६ करोडको कारोबार थियो भने यस साता ५ करोड ५८ लाख कित्ता शेयरको कारोबार भएको छ। गत साताभन्दा यस साता कारोबार रकम ३१.९१ प्रतिशत कम छ।

२.१३ % ले घट्यो नेप्से परिसूचक, करीब १२ अर्बको शेयर कारोबार

असार ६, काठमाडौं । गत साताको तेस्रो कारोबार दिनदेखि घट्न थालेको बजारले यो साताको पहिलो कारोबार दिन आइतवार पनि निरन्तरता पाएको छ ।  आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा २ दशमलव १३ प्रतिशतले घटेको छ । यो दिन ६३ दशमलव २८ अंकले घटेर नेप्से परिसूचक २ हजार ९०५ दशमलव १४ विन्दुमा झरेको हो । बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आइतवार २ हजार ९७५ दशमलव २५ विन्दुदेखि खुला भएको थियो । २ हजार ९७८ दशमलव २४ विन्दुसम्म पुगेको बजार २ हजार ८८१ दशमलव ५४ विन्दुसम्म झरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत मंगलवार सार्वजनिक गरेको ५१ कम्पनीहरुको जोखिमयुक्त धारणा उल्लेख विज्ञप्तीपछि प्रभावित बनेको बजारले आइतवार पनि निरन्तरता पाएको हो । नियामकबाट लगानीकर्ताहरुलाई तर्साउने काम भएको भन्दै ती कम्पनीहरुप्रतिको धारणा सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट पनि परेको छ । उक्त रिट माथिको सुनुवाई भने यो समाचार तयार पार्दासम्म भएको छैन ।  नियामक निकायले सुरक्षित लगानीका लागि सार्वजनिक गरेको अवधारणापत्रको शैली गलत भएको भन्ने कुरालाई नसच्याउँदा निरन्तर गुमाउनु परेको लगानीकर्ताहरुले बताएका छन् । यतिवेला नियामक निकाय नियामक नभएर भ्रामक भएको आरोप लगानीकर्ताहरुले लगाइरहेका छन् । बोर्डको अवधारणापत्र सार्वजनिक हुनुभन्दा अघिल्लो दिनसम्म ऐतिहासिक विन्दुमा पुगेको नेप्से परिसूचकमा कमि आउनुपर्ने अन्य कारण नभएकाले बजार सुधारको लागि नियामकलेनै कदम चाल्नुपर्ने माग लगानीकर्ताहरुको छ ।   आइतवार नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३३ प्रतिशत घटेर ५२८ दशमलव ५१ विन्दुमा झरेको छ ।  बिहीवारको तुलनामा आइतवार कारोबार रकम भने बढेको छ । घटेको बजारबाट कम मूल्यमा शेयर उठाउने लगानीकर्ताहरु भने यी चार कारोबार दिन सक्रिय देखिएका छन् । बिहीवार रू. १० अर्ब ९० करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आइतवार यो रकम बढेर रू. ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन २३१ ओटा कम्पनीको १ लाख २८ हजार २८१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा भने यस दिन पनि नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । गत मंगलवारदेखिनै सर्वाधिक कारोबार रकमको हिस्सा उक्त कम्पनीले नै ओगटेको छ । उक्त कम्पनीको आइतवार रू. ८० करोड ९९ लाख ९९ हजार बराबरको ४ लाख २५ हजार ३८१ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य भने यो दिन २ दशमलव शून्य ४ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३९ ले घटेर अन्तिम मूल्य रू. १ हजार ८७७ कायम भएको छ । यस दिन कारोबारमा आएका २३१ कम्पनीहरुमध्य पाँच कम्पनीको शेयरमूल्य र ९ कम्पनीको ऋणपत्रको मूल्य बढेको छ । गोर्खाज फाइनान्सको सर्वाधिक ५ दशमलव ४१ प्रतिशत, नेशनल हाइड्रोपावरको ३ दशमलव ३६ प्रतिशत, रुरु जलविद्युत् परियोजनाको ३ दशमलव १६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको २ प्रतिशत र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य शून्य दशमलव १५ प्रतिशतले बढेको हो । त्यस्तै यो दिन १० दशमलव २५ प्रतिशत ब्याजदरको एनआईसी एशिया डिबेञ्चर २०८३/ ८४ को २ प्रतिशत, १० दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत ब्याजदरको माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव ५० प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८२ को १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । १० दशमलव ३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ को १ दशमलव ६३ प्रतिशत, १० दशमलव २५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८०÷८१ को १ दशमलव ३३ प्रतिशत, १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेञ्चर २०८६ को शून्य दशमलव २९ प्रतिशत, ८ दशमलव ५ प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८४ को शून्य दशमलव १५ प्रतिशत मूल्य वृद्धि भएको हो ।  आइतवार २१२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ भने १९ ओटा कम्पनीको स्थिर रहेको छ । यस दिन युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८१ प्रतिशतले घटेको छ । प्रतिकित्ता रू. ४२ ले घटेर युनियन हाइड्रोपावरको शेयरमूल्य रू. ३८६ मा झरेको हो ।  त्यस्तै यो दिन श्री इन्भेष्टमेण्ट फाइनान्स, बरुण हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । बैंकिङ्गको १ दशमलव ८ प्रतिशत, व्यापारिकको २ दशमलव ५१ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३५ प्रतिशत, विकास बैंकको ३ दशमलव ५ प्रतिशत, जलविदुतको ३ दशमलव ३८ प्रतिशत, वित्तको ३ दशमलव ३३ प्रतिशतले परिसूचक घटेको छ । त्यसैगरी निर्जीवन बीमाको १ दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ४ प्रतिशत, अन्यको २ दशमलव २ प्रतिशत, लघुवित्तको २ दशमलव १८ प्रतिशत, जीवन बीमाको १ दशमलव ७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २६ प्रतिशत र लगानी समूहको २ दशमलव शून्य ७ प्रतिशतले परिसूचक घटेको छ ।