तीन दिन बढेपछि पुनः घट्यो नेप्से, कारोबार रकम ८९ करोड ९५ लाखमा सीमित

काठमाडौं । लगातार तीन दिनमा ३१ अंक बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीवार १० दशमलव ८७ अंक घटेर १ हजार ९०८ दशमलव ५५ विन्दुमा झरेको छ । आइतवार नेप्से परिसूचक तीन महीनायताकै न्यून विन्दु १८८१ मा झरेको थियो । त्यसपछि बजारमा थोरै मात्रमा खरीदकर्ता आएको देखिन्छ । लगानीकर्ता बजारप्रति विश्वस्त नहुँदा बजार केही बढ्ने बित्तिकै विक्रेता हाबी भएसँगै पुनः घटेको देखिन्छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ६६ अंक, फ्लोटेड इन्डेक्स शून्य दशमलव ७२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६१ अंक घटेको छ ।  बिहीवार २५४ धितोपत्रको २७ लाख ५० हजार ६५५ कित्ता २६ हजार ४३४ पटकमा रू. ८९ करोड ९५ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सुपर माई हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भई रू. ५७२ दशमलव ४० पुगेको छ । त्यस्तै सिटिजन्स म्युुचुअल फण्ड २ को इकाई मूल्य ६ दशमलव ८१ प्रतिशत बढेर रू. ८ पुगेको हो ।  यस दिन आदर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव शून्य ७ प्रतिशत घटेर रू. १ हजार १६१ मा झरेको छ । त्यस्तै दोस्रोमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य ३ दशमलव ८६ प्रतिशत घटेर रू. १ हजार ८७० कायम भएको छ ।  बिहीवार शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री रू. ५ करोड बराबर भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१५ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. ३ करोड १२ लाख बराबर छ । यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको शून्य दशमलव ५० प्रतिशत बढेको छ भने घट्नेमा ‘अन्य’ समूहको १ दशमलव ११ प्रतिशत घटेको हो ।  पछिल्लो समय बजारप्रति लगानीकर्ताहरू विश्वस्त नभएको देखिएको छ । बजार घट्न पनि सकेको छैन भने बढ्न पनि सकेको छैन । यसरी बजारमा क्रेता/विक्रेता सक्रिया नहुँदा कारोबार रकम अर्बभन्दा मुनि झरेको छ ।

सम्बन्धित सामग्री

३८.३७ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतवार (आज) शेयर बजार परिसूचक नेप्से ३८ दशमलव ३७ अंकले घटेको छ ।  अघिल्लो कारोबार दिन ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको नेप्से आज २ हजार ५१ दशमलव ४७ विन्दुमा झरेको हो । आज नेप्सेमा १ दशमलव ८३ प्रतिशतले गिरावट आएको छ ।  नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गत बिहीवार १ अर्ब ७८ करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आज त्यो रकम २ अर्ब ६८ करोडभन्दा बढी पुगेको छ । आइतवार २६५ धितोपत्रको ८० लाख ७ हजार ३६१ कित्ता शेयर ६१ ह्जार ९ सय १७ पटक कारोबार भएको छ ।

१.३७ प्रतिशतले घट्यो नेप्से

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइबार बजार परिसूचक नेप्से २७.९२ अंक (१.३७ प्रतिशत)ले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको छ । २० साउनमा सामान्य बढेर बन्द भएको नेप्से त्यसपछि कारोबार भएको ५ दिन नै घटेको हो । नेप्सेसँगै सबै उपसूचक र कारोबार रकम पनि घट्दो क्रममा गएको छ । आइतबार सबै उपसूचकमा गिरावट हुँदा […]

सातामा ६९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार २८०१ अंकबाट सुरु भएको नेप्से बिहीबार २७३२ अंकमा आएर बन्द भएको हो ।साताभरमा २ प्रतिशतले घटेसँगै नेप्से परिसूचक पुनः २८ अंकबाट तल झरेको छ । परिसूचकसँगै यो साता नेप्सेको कारोबार रकम पनि घटेको छ । यो साताको पाँच कारोबार दिनमा कुल १८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।यो, गत साताको हप्ताभरि भएको कारोबार रकमभन्दा करिब ६ अर्ब रुपैयाँले कम हो । गत साताको पाँच कारोबार दिनमा नेप्सेमा २४ अर्ब रुपैयाँ

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, साढे ३ अर्ब पनि पुगेन कारोबार रकम

२६ माघ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो । बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन । सेयर कारोबार […]

आज दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने उच्च

काठमाडौं, ४ माघ । शेयर बजारमा आज नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १० दशमलव ७८ अंकले घटेर २ हजार ९ सय ३६ दशमलब ६६ विन्दु कायम भएको हो । तर कारोबार रकम भने आज बृद्धि भएको छ । आज ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । हिजो […]

३२ अङ्कले घट्यो नेप्से

काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से ३२.२९ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै नेप्से २७३३ अङ्कमा कायम भएको छ । कुल ४ अर्ब १६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढी हो । सोमबार ३ अर्ब ९२ करोडको कारोबार भएको थियो । अन्य बाहेकका सबै […]

साताभर नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा

२८ सय छोएर घट्यो नेप्से, दैनिक औसत कारोबार रकम ५ प्रतिशत बढ्यो  गत साताभरमा नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा आइपुगेको छ । गत साता पाँचै दिन...