काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो पटक भेटवार्ता भएको छ। अमेरिका–रुस सम्बन्ध तनाव भइरहेको समयमा यो बहुप्रतिक्षित भेटवार्ता भएको हो। भेटवार्तापछि राष्ट्रपति पुटिनले सञ्चारमाध्यमसँग कुरा गर्दै भेटवार्ता रचनात्मक भएको प्रतिक्रिया दिएका छन्। पुटिनले पत्रकारहरुको प्रश्नको जवाफ दिदै दुवै देशबीच शत्रुता भएको आफुलाई नलागेको बताए। त्यस्तै बाइडेनले पत्रकार सम्मेलन गर्दै आफु जुन कामका लागि पुटिनसँग भेट