न्यायाधीश कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन बारको आग्रह

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भई हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेकाले उनी काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ (६) अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन […]

सम्बन्धित सामग्री

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग

काठमाडौँ – नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ । बारको मागमा प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने र पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ । न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने, संसदीय सुनुवाइ […]

न्यायाधीश र बारको बैठक सकियो, मुद्दाको सुनुवाइमा फर्कने संकेत

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको विषयमा छलफल गर्न बसेको न्यायाधीश र बारका पदाधिकारीबीचको बैठक सकिएको छ। राणाविरुद्धको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा दुई पक्षबीच सोमबारदेखि छलफल सुरु भएको थियो। छलफलमा नेपाल बार र सर्वोच्च बारका पदाधिकारी सहभागी थिए भने न्यायााधीशहरुको तर्फबाट १३ जना उपस्थित भए। छलफलमा न्यायाधीशहरुले बारको आन्दोलनप्रति समर्थन जनाउँदै मध्यमार्गी […]

वैकल्पिक गेटबाट प्रवेश गरे सर्वोच्चका १९ न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै मूल गेटमा कानून व्यवसायीहरू धर्नामा बसेपछि न्यायाधीशहरूलाई वैकल्पिक गेटबाट भित्र प्रवेश गराइएको छ । प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीश महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् । बारको धर्नालाई लक्षित गरेर कारण सर्वोच्च अदालत परिसर रामशाह पथमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अन्य दिनमा न्यायाधीशहरू मूल गेटबाटै सर्वोच्च प्रवेश गर्ने गरेका थिए ।

बारको बहिष्कारपछि प्रधानन्यायाधीश जबराले पनि हेरेनन् मुद्दा

काठमाडौँ– नेपाल बार एसोसिएसनको बहिष्कारका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समेत आइतबार मुद्दा सुनुवाइ गर्न सकेनन् । न्यायाधीश र नेपाल बारको विरोधका बाबजुद बुधबार इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका जबराको इजलासमा कुनै पनि कानुन व्यवसायी बहसका लागि उपस्थित नभएपछि उनको इजलासमा पनि मुद्दा सुनुवाइ हुन नसकेको हो । ‘उहाँले आफ्नो एकल इजलास र अर्को एउटा संयुक्त […]