वरिष्ठतम् न्यायाधीश कार्कीलाई बारको आग्रह– कि नेतृत्व लिनुस्, होइन भने राजीनामा दिनुस् !

नेपाल बार एसोसिएसन र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित रहेको ४ दिन भइसकेकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी लिन वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई सुझाव दिएका छन् ।   बारका पदाधिकारी र न्यायाधीशहरूबीच बिहीवार भएको छलफलमा दुवै बारले प्रधानन्यायाधीश बिरामी रहेको भन्ने कुरा अस्पतालको विज्ञप्तिले नै पुष्टि गरिसकेको भन्दै सर्वोच्च प्रशासनले उक्त कुरा लेखेर दिनुपर्ने र वरिष्ठतम् न्यायाधीश कार्कीले नेतृत्व लिनुपर्ने सुझाव दिएका हुन् । 'उहाँ (प्रन्या जबरा) ४ दिनदेखि अनुपस्थित हुनुहुन्...

सम्बन्धित सामग्री

चोलेन्द्र हटेपछि को बन्ला प्रधानन्यायाधीश ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ । उनले बीचैमा राजीनामा दिए भने वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको प्रधानन्यायाधीश बन्ने बाटो खुल्नेछ भने राजीनामा नदिई पूरै कार्यकाल रहेमा दीपककुमार बीचैमा आउट हुनेछन् र हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न पाउने छन् ।      संविधानको धारा १२९ अनुसार प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुन्छ । चोलेन्द्र शमशेर जबरा २०७५ पुस १८ गते प्रधानन्यायाधीश बनेका हुन् । यो हिसाबले उनको कार्यकाल २०८१ पुस १७ सम्म हुन