महानगरीय प्रहरी परिसर भक्तपुरमा नयाँ आएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिएका छन्। उक्त परिसरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिसरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिसर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएका हुन्। दुवै वृत्तका प्रमुखलाई निर्देशन दिँदै उनले…