फेसबुक र ट्वीटरबाट भिडिओहरू कसरी डाउनलोड गर्ने? (भिडिओ)
जस्तै फेसबुक र ट्वीटरमा थुप्रै भिडिओ आइरहेका हुन्छन् जुन इन्टरनेट भएका बेला मात्र हेर्न मिल्छ। ती भिडिओ आफ्नो उपकरणमा डाउनलोड गर्नसके बिना इन्टरनेट जतिबेला पनि हेर्न सकिन्छ।
२३ कात्तिक, काठमाडौं । हामीले आफ्नो आवश्यकता अनुसार फोनमा विभिन्न खालका एपहरू डाउनलोड गर्दछौँ । यसरी फोनमा एप डाउनलोड गरेर प्रयोग गर्दा ती एपलाई आफ्नो फोनका विभिन्न डेटामा पहुँचको लागि अनुमति पनि दिनु पर्दछ । एपहरू चलाउनका लागि त्यस्तो अनुमति दिने शर्तहरू पालना नगरेसम्म एप चलाउन सक्दैनन् प्रयोगकर्ताले । हामी अधिकांशको बानी त्यस्ता एपहरूको मागेका अनुमतिका […]
काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाले शुक्रबार आफ्ना प्रयोगकर्ताहरुलाई सचेत गराएको छ । कम्पनीले १० लाख भन्दा धेरै प्रयोगकर्ताहरुको फोनमा अन्जानमै यस्ता एपहरु डाउनलोड भएका छन् जसले उनीहरुको पासवर्ड चोरिरहेका छन् । ती एपहरुलाई प्रयोगकर्ताका सोसल मिडिया प्लाटफर्मका डाटा चोरी गर्नकै लागि डिजाइन गरिएको हो । मेटाले अहिलेसम्म ४ सयभन्दा धेरै यस्ता […]
काठमाडौं । सोसल मिडियाको संसारमा फेसबुक निकै ठूलो शक्तिको रुपमा स्थापित छ । तर पनि तपाईंले आफूलाई फेसबुकबाट टाढा राख्न चाहनुभएको छ भने जतिसक्दो छिटो फेसबुकसँगको सम्बन्ध तोड्नु राम्रो हो । सधैंका लागि फेसबुकबाट टाढा रहने हो भने तपाईंले आफ्नो अकाउन्ट डिलिट गर्नुपर्छ । एकाउन्ट डिलिट गर्न त हुन्थ्यो तर फेसबुकमा अपलोड गरेका आफ्ना फोटो, […]
१८ पुस, काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पारेको हो । समग्रमा टिकटक पहिलो […]
काठमाडौं, ७ पुस । नेपालकै लोकप्रिय एप हाम्रो नेपाली किबोर्डको गुगल प्ले स्टोरमा एक करोड डाउनलोड पुरा भएको छ। फेसबुक र स्मार्ट फोन आउनेक्रममा नेपाली लेख्न नमिल्ने अवस्था अर्थात असहजतालाइ मध्य नजर गर्दै २०१४ मा स्थापना भएको हाम्रो पात्रो नेपाली किबोर्डले नेपालीमा टाइप गर्न प्रयोग गर्न सजिलो एप संचालन गरेको हो । नेपाली भाषीको लागि […]
नेपालको लोकप्रिय एप हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मार्टफोन आउने क्रममा नेपाली लेख्न नमिल्ने असहजता हटाउन सन् २०१४ मा हाम्रो पात्रोले नेपाली किबोर्ड एप सार्वजनिक गरेको थियो । यो एप ल्याएपछि नेपालीमा टाइप गर्न सुविधा मिलिरहेको छ । रोमनबाट नेपाली तथा चलन चल्तीको देवनागरी लिपी सुविधा किबोर्डमा छ । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै १० लाख पटक डाउनलोड पार गर्ने पहिलो नेपाली एप थियो । योसँगै हाम्रो पात्रोका दुई एन्
ह्वाट्सएप विवादमा तानिएसँगै लोकप्रिय बनेको इन्स्ट्यान्ट मेसेजिङ एप टेलिग्रामका प्रयोगकर्ताको संख्या एक अर्ब नाघेको छ । योसँगै टेलिग्राम एक अर्बभन्दा धेरै पटक डाउनलोड हुने विश्वको पाँचौँ एप बनेको छ । यसअघि ह्वाट्सएप, मेसेन्जर, फेसबुक, इन्स्टाग्राम, स्नापच्याट, स्पटीफाइ र नेटफ्लिक्स १ अर्बपटक डाउनलोड भैसकेका छन् । सेन्सर टावरले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार टेलिग्राम एपको डाउनलोड […]
सन् २०२० मा शर्ट भिडियो शेयरिङ एप टिकटक विश्वभर सबैभन्दा बढी डाउनलोड हुने एपमा पर्न सफल भएको छ । डिजिटल एनालिटिक्स कम्पनी एप एनीका अनुसार २०२० मा टिकटक विश्वको सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको हो ।
सन् २०१७ मा बाइटडान्सले टिकटकको अन्तर्राष्ट्रिय संस्करण सार्वजनिक गरेको थियो । फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक म्यासेन्जरलाई पछाडी पार्दै टिकटक...
साउन २६, पेचिङ (चीन) । गतवर्ष विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एपमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक रहेको छ । एप विश्लेषक कम्पनी एप एनीले सार्वजनिक गरेको मोबाइल एप ट्रेन्ड २०२० शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो ।
गत वर्ष पहिलो पटक टिकटकले फेसबुकलाई उछिनेर सूचीको शीर्ष स्थानमा उक्लिएको छ । सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा टिकटक चौथो स्थानमा थियो ।
सूचीको शीर्ष पाँच स्थानमध्ये बाँकी रहेको चार स्थानमा फेसबुकको स्वामित्वमा रहेका एपहरु छन् । अर्थात् शीर्ष पाँचमा टिकटक मात्रै फेसबुकको स्वामित्वमा नरहेको एप हो । सन् २०१८ मा यो सर्वेक्षण शुरु भएयता शीर्ष स्थानमा फेसबुकको स्वामित्वका एपहरुको वचश्र्व रहँदै आएको छ । सूचीमा अझै पनि फेसबुककै एपहरुको प्रभुत्व छ ।
फेसबुक, ह्वाट्स एप, इन्ष्टाग्राम र फेसबुक म्यासेञ्जर शीर्ष पाँचमा छन् । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले यसमाथि अमेरिकामा प्रतिबन्ध लगाउन खोजेको भएपनि विश्वभर यसको लोकप्रियता निरन्तर चुलिरहेको छ ।
ट्रम्पले गत वर्ष अमेरिकामा टिकटक एपको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाउन कार्यकारी आदेश जारी गरेका थिए । एपले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने दाबी ट्रम्प प्रशासनको थियो । कम्पनीले भने बारम्बार यो आरोपको खण्डन गर्दै आएको थियो । एजेन्सी
साउन १२, क्यालिफोर्निया । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युव १० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप बनेको छ ।
सन् २००६ को नोभेम्बरमा अमेरिकी बहुराष्टिय सर्च इञ्जिन कम्पनी गूगलले यसलाई १ दशमलव ६५ अर्ब अमेरिकी डलरमा खरीद गरेको हो। युट्युब हाल गूगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ।
नाइनटुफाइभ गूगल रिपोर्ट अनुसार सवैका माझ लोकप्रिय बनेको यो एप बितेको एक दशकमा विश्वमै सबैभन्दा बढी डाउनलोड र प्रयोग भएको एप हो ।
कोरोना महामारीका कारण युट्युवमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या निकै बढेको छ । युट्युबले प्रयोगकर्ताहरूलाई अवस्थित सामग्रीहरू, अवलोकन, मुल्यांकन, साझेदारी, प्रवाहसूचीहरूमा थप्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिन अनुमति दिन्छ। युट्युव करीब सबैजसो एन्ड्रोइड फोनमा प्रि - इन्स्टल रुपमा आउने गर्दछ ।
युट्युव गूगल प्ले स्टोरमात्र होइन एप्पलको एप स्टोरमा समेत डाउनलोडका लागि उपलब्ध छ । एप्पलले एपको डाउनलोड संख्या सार्वजनिक गर्दैन । तर गूगल प्ले स्टोरमा भने युट्युव एप १० अर्बभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेको देखिएको छ ।
त्यसो त १० अर्ब डाउनलोडको उक्त तथ्यांक गूगल प्ले स्टोरको मात्रै हो । उक्त तथ्यांकमा एप्पल एप स्टोरबाट डाउनलोड गरिएको तथ्यांक समेट्ने हो भने त यो संख्या अझ बढ्ने निश्चित छ ।
युट्युव पछि धेरै डाउनलोड हुने एपमा फेसबुक रहेको छ जसको डाउनलोड ६ अर्बभन्दा बढी रहेको छ । त्यसैगरी फेसबुक मेसेञ्जर ५ अर्बभन्दा बढी र इन्स्टाग्राम ३ अर्बभन्दा बढी डाउनलोड भएको छ । गूगलले एन्ड्रोइड मोवाइलमा प्रयोगकर्ताले कुन- कुन एप प्रयोग गरेको र कति - कति समय बिताएको हेर्न मिल्ने सुविधा पनि ल्याएको छ ।एजेन्सीहरु