टिकटक बन्यो २०२० मा सर्वाधिक डाउनलोड हुने एप

साउन २६, पेचिङ (चीन) । गतवर्ष विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एपमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक रहेको छ । एप विश्लेषक कम्पनी एप एनीले सार्वजनिक गरेको मोबाइल एप ट्रेन्ड २०२० शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो ।  गत वर्ष पहिलो पटक टिकटकले फेसबुकलाई उछिनेर सूचीको शीर्ष स्थानमा उक्लिएको छ । सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा टिकटक चौथो स्थानमा थियो ।  सूचीको शीर्ष पाँच स्थानमध्ये बाँकी रहेको चार स्थानमा फेसबुकको स्वामित्वमा रहेका एपहरु छन् । अर्थात् शीर्ष पाँचमा टिकटक मात्रै फेसबुकको स्वामित्वमा नरहेको एप हो । सन् २०१८ मा यो सर्वेक्षण शुरु भएयता शीर्ष स्थानमा फेसबुकको स्वामित्वका एपहरुको वचश्र्व रहँदै आएको छ । सूचीमा अझै पनि फेसबुककै एपहरुको प्रभुत्व छ ।  फेसबुक, ह्वाट्स एप, इन्ष्टाग्राम र फेसबुक म्यासेञ्जर शीर्ष पाँचमा छन् । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले यसमाथि अमेरिकामा प्रतिबन्ध लगाउन खोजेको भएपनि विश्वभर यसको लोकप्रियता निरन्तर चुलिरहेको छ ।  ट्रम्पले गत वर्ष अमेरिकामा टिकटक एपको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाउन कार्यकारी आदेश जारी गरेका थिए । एपले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने दाबी ट्रम्प प्रशासनको थियो । कम्पनीले भने बारम्बार यो आरोपको खण्डन गर्दै आएको थियो । एजेन्सी

सम्बन्धित सामग्री

कायमै देखियो थ्रेड्सको लोकप्रियता, यी हुन् सर्वाधिक डाउनलोड भएका सोसल मिडिया

सोसल मिडिया प्लाटर्फम एक्सलाई टक्कर दिनका लागि मेटाले गतवर्ष लञ्च गरेको थ्रेड्स एपले सुरुआती अवस्थामा ठूलो तहल्का मच्चाएको थियो । सार्वजनिक भएको पहिलो पाँच दिनमै थ्रेड्स एपले १० करोड डाउनलोड्सको आँकडा पार गर्दै इतिहास रचेको थियो । यद्यपि सुरुवाती लोकप्रियता पश्चात् थ्रेड्सलाई मानिसहरुलाई बिर्सिंदै गए र एउटा कुनामा लगेर छाडे । अहिले अवस्था यस्तो बनेको […]

हाम्रो पात्रो १२औँ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश

काठमाडाैँ- सन् २०१० मा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२औँ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेकाे छ। हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ। हाम्राे पात्राेले एक करोड भन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाइसकेकाे छ। सन् २०१० मा आइ‌‌‌ओएसमा रिलिज […]

हाम्रो पात्रो रेमिटबाट प्रतिव्यक्ति एक लाख डलरसम्म पठाउन सकिने

काठमाडौँ – नेपालको सर्वाधिक डाउनलोड गरिएको र एकमात्र लोकप्रिय एप हाम्रो पात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पूरा भएको छ। असोज ८ गतेदेखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन। अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ। अहिलेसम्म एक […]

टिकटकमा १० मिनेटसम्मको भिडिओ पोस्ट गर्न सकिने

१८ फागुन, काठमाडौं । चिनियाँ भिडिओ एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षहरुमा नेपालमा समेत यसको लोकप्रियतामा वृद्धि भइरहेको छ । छोटो भिडिओ प्लेटफर्मको रुपमा यसलाई सबै उमेर वर्गका मानिसले रुचाएका छन् । नेपालमा समेत सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटकमा डेब्यु गरेका छन् । तर, अब भने टिकटकले आफ्नो प्लेटफर्ममा १० […]

टिकटकमा अब १० मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने

१८ फागुन, काठमाडौं । चिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षमा नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् । तर अब भने टिकटकले आफ्नो प्लेटफर्ममा १० मिनेटसम्मको भिडिओ […]

टिकटक बन्यो संसारकै धेरै डाउनलोड हुने एप, यी हुन् टपटेन एप

१८ पुस, काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पारेको हो । समग्रमा टिकटक पहिलो […]

टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप, यी हुन् सर्वाधिक लोकप्रिय मोबाइल एप

२७ साउन, काठमाडौं । गत वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने मोबाइल एपहरुमध्ये टिकटक पहिलो स्थानमा उक्लिन सफल भएको छ । डिजिटल एनालिटिक्स कम्पनी एप एन्नीले सार्वजनिक गरेको रिपोर्ट अनुसार फेसबुकका एपहरुलाई पछि पार्दै टिकटक सन् २०२० …

प्ले स्टोरमा १० अर्बपटक डाउनलोड भयो युट्युब, यी हुन् सर्वाधिक लोकप्रिय एप्स

काठमाडौं । सर्वाधिक लोकप्रिय भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबको एन्ड्रोइड एप गुगल प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड भएको छ । यो सँगै गुगल मातहतको युट्युब प्ले स्टोरमा १० अर्ब पटक डाउनलोड हुने दोश्रो एप बनेको छ …

एन्ड्रोइडमा सर्वाधिक डाउनलोड हुने एप बन्यो स्पटीफाइ

लोकप्रिय अडियो स्ट्रिमिंग एप स्पटीफाइ एन्ड्रोइड प्लाटफर्ममा एक अर्ब भन्दा धेरै पटक डाउनलोड हुने पहिलो अडियो एप बन्न सफल भएको छ । यो सँगै स्पटीफाइ गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिंग एप बनेको छ । गुगलले आफ्नो अडियो एप बन्द गरेसँगै स्पटीफाई एन्ड्रोइड प्लाटफर्ममा नम्बर वान बन्न सफल भएको हो । दुई वर्ष […]

सर्वाधिक डाउनलोड गरिएका १० एप

हामी सन् २०१९ को अन्तिम समयमा पुगेका छौ । नयाँ वर्षको तयारी जोडतोडले चलिरहेको छ । तर यो ३१ डिसेम्बर केबल वर्ष मात्रै बदल्न गइरहेको छैन कि दशक नै फेर्न गइरहेको छ । २०१० देखिको दसकमा कुन एपले स्मार्टफोनमा सर्वाधिक राज ग-यो त ? यो अवधिमा सर्वाधिक डाउनलोड गरिएका एपहरु कुन कुन हुन् त ? मोबाइल मार्केट एन्ड एनालाइटिक्स फर्म एप एनीले यी एपको बारेमा जानकारी दिएको छ ।