१० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप बन्यो युट्युव

साउन १२, क्यालिफोर्निया । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युव १० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप बनेको छ । सन् २००६ को नोभेम्बरमा अमेरिकी बहुराष्टिय सर्च इञ्जिन कम्पनी गूगलले यसलाई १ दशमलव ६५ अर्ब अमेरिकी डलरमा खरीद गरेको हो। युट्युब हाल गूगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ। नाइनटुफाइभ गूगल रिपोर्ट अनुसार  सवैका माझ लोकप्रिय बनेको यो एप बितेको एक दशकमा विश्वमै सबैभन्दा बढी डाउनलोड र प्रयोग भएको एप हो । कोरोना महामारीका कारण युट्युवमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या निकै बढेको छ । युट्युबले प्रयोगकर्ताहरूलाई अवस्थित सामग्रीहरू, अवलोकन, मुल्यांकन, साझेदारी, प्रवाहसूचीहरूमा थप्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिन अनुमति दिन्छ। युट्युव करीब सबैजसो एन्ड्रोइड फोनमा प्रि - इन्स्टल रुपमा आउने गर्दछ । युट्युव गूगल प्ले स्टोरमात्र होइन एप्पलको एप स्टोरमा समेत डाउनलोडका लागि उपलब्ध छ । एप्पलले एपको डाउनलोड संख्या सार्वजनिक गर्दैन । तर गूगल प्ले स्टोरमा भने युट्युव एप १० अर्बभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेको देखिएको छ । त्यसो त १० अर्ब डाउनलोडको उक्त तथ्यांक गूगल प्ले स्टोरको मात्रै हो । उक्त तथ्यांकमा एप्पल एप स्टोरबाट डाउनलोड गरिएको तथ्यांक समेट्ने हो भने त यो संख्या अझ बढ्ने निश्चित छ । युट्युव पछि धेरै डाउनलोड हुने एपमा फेसबुक रहेको छ जसको डाउनलोड ६ अर्बभन्दा बढी रहेको छ । त्यसैगरी फेसबुक मेसेञ्जर ५ अर्बभन्दा बढी र इन्स्टाग्राम ३ अर्बभन्दा बढी डाउनलोड भएको छ । गूगलले एन्ड्रोइड मोवाइलमा प्रयोगकर्ताले कुन-  कुन एप प्रयोग गरेको र कति - कति समय बिताएको हेर्न मिल्ने सुविधा पनि ल्याएको छ ।एजेन्सीहरु 

सम्बन्धित सामग्री

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर बनेका छन्। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको सर्भे रिपोर्टले यी दुवै शहरलाई संयुक्त रुपमा विश्वकै महंगो शहरको सूचीमा राखेको हो। गत वर्ष इजरायलको तेल अभिभ विश्वकै महंगो शहरको पहिलो नम्बरमा थियो। यो वर्ष तेल अभिभ तेस्रो नम्बरमा परेको छ। यस्तै, सिरियाको दमस्कस शहर यो…

यस्तो छ विश्वकै अग्लो आवासीय भवन

दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन भएको बताइएको  छ  । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन भएको सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् ।  युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गरेका हुन् ।  दुबै कम्पनीले हालै उक्त गगन चुम्बी संरचनाको डिजाइन अनावरण गरे । अनावरणका क्रममा संसारभरबाट लगभग १२ हजार अतिथिले भ्रमण गरे ।४७२ मिटर अग्लो भवनमा १०० तला हुनेछ । हाल विश्वकै अग्लो भवनको

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा

४ साउन, काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ । पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको […]

विश्वकै पहिलो एचआईभी संक्रमणमुक्त महिला!

एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ।

विश्वकै दोस्रो अग्लो बञ्जीपुल !

बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने विश्वकै दोस्रो अग्लो बञ्जीपुलमा बञ्जी गर्दै आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा/रासस

विश्वकै सस्तो स्मार्टफोन ल्याउँदै जियो

भारतीय नेटवर्क कम्पनी रिलायन्स जियोले विश्वकै सस्तो स्मार्टफोन ल्याउने भएको छ।

विश्वकै पहिलो एन्टीभाइरस निर्माताद्वारा आत्महत्या

म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेर म्याकाफी भाइरस स्क्यान बनाएको थियो । यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो ।

विश्वकै तेस्रो ठूलो हीरा भेटियो

एजेन्सी, ३ असार । विश्वकै तेस्रो ठूलो हीरा भेटिएको छ । हीरा बोत्स्वानामा भेटिएको हो । हीरा १०९८ क्यारटको छ । दुई हप्ताअघि भेटिएको हीरा बोत्स्वानाका राष्ट्रपति मोकविटसी मासिसीलाई देखाइएको छ । सन् २०१५ मा बोत्स्वानामा भेटिएको विश्वकै दोस्रो ठूलो हीराभन्दा यो केहीमात्र हलुका छ । बोत्स्वाना अफ्रिकाको सबैभन्दा ठूलो हीरा उत्पादक देश हो । […]

विश्वकै होचो अरुण उपत्यका

समुद्री सतहबाट चार सय ५७ मिटर उचाइमा रहेको तुम्लिङटार विमानस्थल । अरुण उपत्यकालाई विश्वकै होचो उपत्यका मानिन्छ । तस्वीर,रासस