संवैधानिक इजलासमा रमण श्रेष्ठ : ‘ओलीको जवाफमा विघटनको आधार र कारण स्पष्ट छैन’

संसद विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा पूर्व महान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दिएको जवाफमा संसद विघटन गर्नुको आधार र कारण स्पष्ट नभएको जनाएका छन् । संवैधानिक इजलासमा बहस गर्दै श्रेष्ठले प्रधानमन्त्रीको जवाफमा संवैधानिक अधिकारबारे उल्लेख नभएको दाबी गरे । ‘अन्य प्रसंगमा संसद विघटनका लागि धारा ७६ (१) र (५) उल्लेख छ तर अदालतलाई प्रधानमन्त्रीले दिएको जवाफमा उल्लेख छैन,’ उनले बहसमा भने, ‘धारा ८५ मा संसद विघटन गर्न...