स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारत पाकिस्तानका पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका ९भीओए०ले जनाएको छ । उनासी वर्षीय पूर्वजनरललाई स्वदेश फर्कने अनुमति दिने व्यवस्था गरिएको उच्च सरकारी अधिकारीहरूले बताए पनि उनी कहिले पाकिस्तान फर्कन्छन् भन्ने मिति भने सार्वजनिक भएको छैन । मुसर्रफको परिवार र चिकित्सकहरूको सहमतिमा एयर एम्बुलेन्सबाट उनलाई पाकिस्तान ल्याउने तयारी भएको भीओए