श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी 'ग्रीन कार्ड' का लागि आवेदन दिनुभएको छ । देशमा गएकाे जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भाग्नुभएका गोटाबायले अमेरिका बस्ने गरी आवेदन फाराम भर्नुभएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनुभएको समाचारमा उल्लेख गरिएको छ ।
श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहनुभएको जानकारी दिनुभयो । पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिनु हुने विरातुङ्गाले थाइल्यान्ड फर्किने उहाँक...