२० फागुन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले २१औँ वार्षिक प्रतिवेदन पारित गरेको हो । समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए । […]