भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटका नारायणप्रसाद लामिछानेको आइसियू र भेन्टिलेटर खोज्दाखोज्दै ज्यान गयो । कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसे पनि श्वासप्रश्वासमा समस्या आएपछि यही वैशाख २१ गते उपचारका लागि भक्तपुर अस्पतालमा भर्ना भएका लामिछानेले आइसियू नपाउँदा ज्यान गुमाउनु परेको हो । भक्तपुर अस्पतालमै कोरोना सङ्क्रमण निको भएर घर फर्किएका लामिछानेका छिमेकी जयराम बाँस्तोलाले भए भेन्टिलेटर, …