नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।
सभापति यादव र एसपी पाण्डेबीचको विवाद सतहमा आएपछि छानबिन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको प्रवक्ता बसन्त कुँवरले जानकारी दिए ।
कुँवरका अनुसार अनुसन्धान सकिएपछि आवश्यक कारबाही पछि फुकुवा हुने बताए ।
यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद भएपछि सञ्चारमाध्यममा समाचार आएको थियो ।