काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा पुगेका थिए। दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकु