सत्ता गठबन्धनमा सहभागी हुन जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी आआफ्नो तर्फबाट लविङ गर्न थालेका छन् । सत्ता गठबन्धनसँग मिलेर लोसपाले चुनावमा भाग लिए पनि चुनावपछि उसलाई गठबन्धनमा राखिएको छैन । उपेन्द्र यादव नेतृत्वको जसपा गठबन्धनबाट बाहिरिएपछि महन्थ ठाकुर नेतृत्वको लोसपा सत्ता गठबन्धनसँग नजिकिएको थियो ।चुनाव सकिएपछि गठबन्धनको बैठक पटक पटक बसे पनि कुनै पनि बैठकमा लोसपालाई सामेल गराइएको छैन । लोसपाले आफूलाई सत्ता गठबन्धनको हिस्सा भनेर दाबी गर्दै आइरहेको छ । सो पार्टीका वरिष्ठ न