सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सिट बाँडफाँटको हिसाब फेरिएको छ । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेपछि बाँडफाँटमा गठबन्धनभित्र सिट थपघट हुने देखिएको हो । सत्ता गठबन्धनबाट जसपा बाहिरिएर लोसपा भित्रिएपछि पहिले भएको सिट बाँडफाँटमा हेरफेर हुने भएको छ । यसअघि कांग्रेसले ८६, माओवादीले ४४, एकीकृत समाजवादीले १७, राष्ट्रिय जनमोर्चाले २ सिट पाउने करिब सहमति भएको थियो । गठबन्धनभित्र १६ सि