सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले छाडेका छन् ।
बुधवार जिल्ला सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गरेर उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।
क्षेत्रीले एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षको दाबी गरेका थिए । अध्यक्ष मण्डलले सर्वसम्मत गराउने भनेपछि उनी पछि हटेका थिए ।
तर, एमालेको जिल्ला कमिटी चयन गर्ने क्रममा परामर्श नगरेको र जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा नेता सरेश नेपालले अपमानित गरेको आरोप लगाउँदै क्षेत्रीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
क्षेत्रीले विज्ञप्त...